कास्की जिल्ला ब्याडमिन्टन सङ्घको १९ औं साधारणसभा सम्पन्न

पोखरा
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको १९ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो।
साधारणसभाको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय महासचिव एवं नेपाल ओलम्पिक कमिटीका सदस्य रामजीबहादुर श्रेष्ठले ब्याडमिन्टन खेलको विकास र विस्तारमा कास्की शाखाले महŒवपूर्ण योगदान पु¥याएको बताए।

कार्यक्रममा सङ्घका कोषाध्यक्ष इन्द्रबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव निरबहादुर थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन छलफलसहित पारित गरिएको थियो।
सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, क्षेत्रीय खेलकुद प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, सङ्घका सल्लाहकार संयोजक जयराम हमाल, सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव रबिन्सन प्रजू, पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइराला, हालैमात्र डीआईजीमा बढुवा भएका सशस्त्र प्रहरी बल लामापाटनका एसएसपी राजेश श्रेष्ठ र टप्स उमाविका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली गेममा नेपालको तर्फबाट सहभागी पुनम गुरुङलाई सङ्घको नगद १० हजारसहित सम्मान गरेको थियो।यस्तै कास्कीको तर्फबाट चितवन, बुटवल, वालिङलगायतका विभिन्न जिल्लामा भएका प्रतियोगितामा सहभागी भई मेडल जित्ने खेलाडी एवं अन्तरसदस्यीय ब्याडमिन्टन प्रतियोगितामा विजयी खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको सचिव निरबहादुर थापाले जानकारी दिए।

सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय रुद्रबहादुर घले र बलभद्र नकर्मीले पनि बोलेका थिए भने सचिव निरबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

Comment