राष्ट्रपति रनिङ सिल्ड बिहिबारदेखि

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, उसु, कराते, तेक्वान्दो र कबड्डी खेलमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् । प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रबाट छनोट भएका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

Comment