राष्ट्रव्यापी शारीरिक सुगठन बैशाखमा

Manoj Shiama
3 February, 2017 7:58 pm


हिमालयन किङडम नेप्लिज फेडेरेसन अफ बोडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप बैशाखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकका अध्यक्ष शिवलाल श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक स्पर्धाका विजेता पुनः अभरअल च्याम्पियनका लागि भिड्ने छन् । अभलअलमा च्याम्पियन हुने २ लाख नगदबाट पुरस्कृत हुनेछन् । दोश्रोदेखि छैटौं स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै प्रत्येक तौलसमूहमा दोश्रो हुनेले १५ हजार र तेश्रोले १० हजार नगद पाउनेछन् ।
प्रतियोगितामा पुरुष फिजिक वजन र उचाइ क्याटगोरी, महिला विकिनी वजन र उचाइ क्याटगोरी तथा मास्टर्स क्लास ४० वर्षमाथि विधामा पनि प्रतिस्पर्धा गराइने छ ।