सुनुवार खेलाडीको सम्मान


सुनुवार सेवा समाजले शनीबार नेपाली खेलकुदमा योगदान पु¥याए वापत तीन खेलकर्मीलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा लामो समय देखि नेपाली स्क्वासमा प्रभाव जमाउदै आएकी भावना सुनुवार, जुडोका मोहन सुनुवार र अन्तराष्ट्रिय पारा तेक्वान्दोका पदक विजेता सोम सुनुवार रहेका छन् । अल्ट्रा धाबक बेद सुनुवार र प्याराग्लाइडिंङका कृष्ण बहादुर सुनुवार पनि सम्मानीत भए । यले सम्बत ५०७७ सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथी सांसद यज्ञराज सुनुवारले सम्मान गरेका हुन् ।

Comment