आइटिएफ तेक्वान्दोमा आर्मीलाई १४ स्वर्ण

Manoj Shiama
26 December, 2016 6:57 pm


सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत भएको झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मीले पदकमा कुल १४ स्वर्ण सहित आफ्नो वर्चस्व कायमै राखेको छ । दोस्रो दिन सोमबार भएको खेलमा आर्मीले थप ६ स्वर्ण जितेपछि स्वर्ण पदकमा आफ्नो अग्रता कायम राखेको छ । पुर्वाञ्चलले तीन र एपीएफले दुई स्वर्ण जितेको छ । मध्यमाञ्चल र पश्चिमाञ्चलले पनि एक स्वर्ण पदक हात पा¥यो । सोमबार भएको चारै स्वर्णको खेलमा स्पाईरिङमा मात्र भएको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए ।
दमकस्थी रेडक्रम भवनमा भएको स्पाइरिङतर्फ महिलाको ४५–५० केजी तौलसमुहमा आर्मीकी रुविका खड्काले स्वर्ण,मध्यमाञ्चलकी पुजा खुलाल मगरले रजत ,मध्यपश्चिमकी सुसिला गुरुङ र सुपकी शाहीले कास्य तथा ५१–५५ केजी तौलमा आर्मीकी रिना धिमालले स्वर्ण,पश्चिमाञ्चलकी शर्मिला महतले रजत ,एपीएफकी सञ्चिता लामा र मध्यमाञ्चलकी स्वेता राईले कास्य जितिन् । ५६–६०केजी तौलमा आर्मीकी तुलसा राजथलाले स्वर्ण,मध्यपश्चिमाञ्चलकी मेनुका बुढामगरले रजत,पश्चिमाञ्चलकी सिमा खासु र सुपकी सविता उराउले कास्य, ६१–६५ केजी तौलमा आर्मी सिर्जना राईले स्वर्ण,पश्चिमाञ्चलकी उमिसा घर्तिले रजत,मध्यमाञ्चलकी उमा घले र मध्यपश्चिमाञ्चलकी किरण यादवले कास्य तथा ६५ केजीमाथीको तौलसमुहमा आर्मीकी वसन्ति बुढामगरले स्वर्ण,पुर्वाञ्चलकी अनामिका राई रजत ,पश्चिमाञ्चलकी कामना पुन र सुपकी सुजता सिजापतिले कस्य पदक हात पारिन ।
स्पाइरिङतर्फ पुरुषको ४५–५० केजी तौलसमुहमा आर्मीका पुर्ण बहादुर मगरल स्वर्ण,पशिचमाञ्चलका दिपक गौतमले रजत,पुर्वाञ्चलका प्रभात कार्की र मध्यमाञ्चलका सुनिल महतोले कास्य,५१–५५ केजी तौलमा एपीएफका योगेन्द्र धिमालले स्वर्ण,पश्चिमाञ्चलका विकल पौडेलले रजत,मध्यमाञ्चलका तारा तामाङ र मध्यपश्चिमाञ्चलका हिमाल लामाले कास्य तथा ५५–६० केजी तौलमा पशिचमा दिनेश बुढा मगरले स्वर्ण,मध्यपश्चिमाञ्चलका शंकर यादवले रजत ,आर्मी सविन्द्र तामाङ र पुर्वाञ्चलका बसन्त बुढाथोकीले कास्य पदक हात पारे । ६१–६५ केजी तौलमा पुर्वाञ्चलका दिलन राईले स्वर्ण,आर्मीका गेद बहादुर बस्नेतले रजत ,मध्यमाञ्चलका निमेश थापा र पश्चिमाञ्चलका राजन रसाइलीले कास्य पदक हात पारे ।