सातौ अन्तरगत स्केटबोर्ड प्रदर्शन


पूर्वाञ्चलमा पौष ८ देखि आयोजित सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तरगत स्केट बोर्ड तथा स्केटिङ्गको प्रदर्शन खेल विराटनगरस्थित शहिद रङ्गशालमा प्रदर्शन गरियो ।नेपाल स्केटिङ्ग तथा स्केटबोर्ड संघको आयोजनामा भएको प्रदर्शनी खेलमा खेलाडीहरुले स्केटबोर्ड तथा स्केटिङ्गका विभिन्न कला प्रदर्शन गरेका थिए ।
नेपालमा छरिएर रहेको स्केटबोर्ड तथा स्केटिङ्ग खेलाडीहरुलाई एउटै छानामुनी ल्याई नेपालमा पनि स्केटबोर्ड तथा स्केटिङ्ग खेलको विकास र विस्तार गर्ने तथा नेपाललाई यस खेल मार्फत विश्व खेल मञ्चमा चिनारी गराउने उद्धेश्य रहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।

Comment