अन्तराष्ट्रिय ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण


नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको नेपाल ईन्टरनेशनल सेरिज २०१६ ब्याडमिन्टन प्रतियोगितामा भारतले चार स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । भारतले पुरुष एकल, पुरुष जोडी, महिला जोडी र मिक्स जोडीमा गरि चार स्वर्णलाई आफ्नो पोल्टामा हाल्न सफल भएको हो । महिला एकलमा भने भियतनामले बाजी मा¥यो । राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको पुरुष एकलको फाइनलमा भारतका अभिषेक यलगारले आफ्नै देशका शिद्धार्थ ठाकुरलाई २१–१६, २१–१४ले पराजित गरे । अभिषेकले नगद ४५० युएस डलर सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेताले २२८ र तेश्रो हुनेले ८७ डलर प्राप्त गरे ।पाँच दिन सम्म संचालन भएको प्रतियोगिताको महिला एकलमा भियतनामकी थुई लिन्ह ङयेनले बाजी मारिन् । उनले इन्डोनेशियाकी देभी युनिता इन्द सारीलाई २१–१७, २१–१६ले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाईन् । उनले ४५० युएस डलर सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरिन् । दोश्रो र तेश्रो हुनेले क्रमशः २२८ र ८७ डलर प्राप्त गरे ।
पुरुष जोडीमा भारतिय अर्जून एम आर र रामचन्द्रन स्लोकको जोडीले पाकिस्तानका रिजवान आजम र सुलेरी कासिफ अलिको जोडीलाई २१–१८, २१–१५ले पाखा लगाउंदै स्वर्ण कब्जा गरे । महिला जोडीको खेल तर्फ पनि भारतले स्वर्ण हात पा¥यो । जक्कमपुदी एम र पूभिशा एस रामको जोडीले आफ्नो देशका अनुष्का पारिख र हरिका भेलुदूर्थिको जोडीमाथी २१–१६, २१–१२ को जित निकाल्दै स्वर्ण प्राप्त गरे ।
स्वर्णलाई आफ्नो पक्षमा पार्ने क्रममा मिक्स जोडीमा भारतका सौरभ शर्मा र अनुष्का पारिखको जोडीले भारतकै भि. प्रसाद र जुहि देवाङ्गको जोडीलाई १४–२१, २१–१९, २१–१९ले हराउंदै स्वर्ण पाए । विजयी खेलाडीहरुलाई आपूर्ति मन्त्री दीपक बोहरालगायतले पुरस्कार वितरण गरेका थिए । डबल्स तर्फ विजेता प्रत्येक टिमले ४७४ युएस डलर र उपविजेता टोलीले २२८ डलर प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गर्ने टोलीे प्रत्येकले ८४ डलर प्राप्त गरे ।
कुल पुरस्कार राशी ६ हजार रहेको प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गर्ने खेलाडीहरुले ३६ र प्रिक्वाटरफाइनल प्रवेश गर्ने खेलाडीहरुले २१ युएस डलर पुरस्कार प्राप्त गरे । प्रतियोगितामा नेपालका २१, भारतका २३, भियतनामका ७, बंगलादेशका ९, इरान, इन्डोनेसिया र मलेसियाका ३–३, माल्दिभ्सका ४ र पाकिस्तानका ६ खेलाडी सहभागी थिए ।

Comment