धेरै खेल सुनसरी, मोरङ्ग र झापामा


सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन् । केहि खेलहरु पुस २ गतेदेखि नै सुरु हुनेछ । विस्तृत विवरणको छायाँप्रति प्रेस विज्ञप्तिमा संलग्न गरिएको छ । सातौं राष्ट्रिय खेलकुदको नियमावली अनुसार गल्फ, स्नूकर, आर्चरी र फेन्सिङका खेलहरुका लागि न्युनतम चार टोली नभएका कारण ती खेलका प्रतियोगिताहरु भएपनि राष्ट्रिय खेलकुद अन्तर्गत मेडल गणना हुनेछैनन् । प्रतियोगिताका अधिकांश खेलहरु मोरङ सुनसरी र झापामा हुनेछन् भने केहि खेलहरु धनकुटा, सिरहा र सप्तरीमा हुनेछ । स्वासका खेलभने ललितपुरमै हुने परिषदले जनाएको छ ।
प्रतियोगितामा केहि खेलहरु २ पुसबाट ै सुरु हुनेछन् । महिला फुटबल सुनसरीको दुहवीमा २ पुस देखि र पुरुष फुटबलका खेलहरु ७ पुसे देखि सुरु हुनेछन् । अन्य खेलहरु ८ देखि १५ पुसको बीचमा हुनेछ । पुरुष तथा महिला क्रिकेट र चेसका खेलहरु प्रतियोगिता अवधिभर सञ्चलन हुने खेलतालिका रहेको छ ।

Comment