टाइम्स र सिसिआरसि फाइनलमा

टाइम्स इन्टरनेशनल र सिसिआरसी प्रथम रोजबड अन्तरकलेज (प्लस टु) उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् । टाईम्सले ब्वाईज तर्फको पहिलो सेमिफाइनलमा न्यू समिटलाई ५९ – ५६ अंकले पराजित गर्दै फाइनलमा सिसिआरसी संगको भेट पक्का गरेको हो । पहिलो र दोश्रो क्वाटरमा १२ –१४, १३ – १६ ले पछाडी परेको अवस्थालाई सुधार्दै टाईम्सले तेश्रो क्वाटरमा २३ –१२ अंक जोड्दै आफुलाई विजय नजिक पु¥यायो । चौथो क्वाटरमा ११ – १४ अंकले पछाडी परेता पनि उसले जित हात पा¥यो । उसको जितमा अमित तामाङ्गको ३० अंकको योगदान रहयो ।
यस्तै दोश्रो सेमिफाइनलमा सिसिआरसीले जेभियर ईन्टरनेशनल माथी ६७–५७ अंकको जित निकाल्यो । उसको जितमा अनुप बस्नेतको २६ अंक रहयो । पहिलो क्वाटरमा १८–१८ अंकको बराबरी रहेकोमा दोश्रोमा सिसिआरसी ९–१८ ले पछि परेता पनि तेश्रो र चौथो क्वाटरमा १७–८ र २३–१३ अंक जोड्दै विजयी भयो ।
आयोजककै प्राङ्गणमा भएको प्रतियोगिताको गल्र्स तर्फको खेलमा नासाले ट्रिनटीलाई ४७–३८ले पराजित गर्दै फाइलन प्रवेश गर्न सफल भयो । अमिशा बस्नेतले विजेता टिमको लागि २३ अंक जोडिन् । यस्तै जेभियर ईन्टरनेशलनले न्यू समिटमाथी ३८–३१ अंकको जित निकाल्दै फाइनलमा नासा संग प्रतिस्पर्धा गर्ने भएको छ । जेभियरलाई जित दिलाउन कर्मा शेर्पाले १६ अंक जोडिन् ।

Comment