रोलबल टोली थाइल्यान्ड जाने

roll-balle
तेश्रो एसियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।पुरुष खेलाडीहरुमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य, आशय बिसी, अभिषेक मानन्धर, विशाल सापकोटा, ह्युमानसङ गुरुङ, मनीष रेग्मी र चन्द्रकुमार महर्जन रहेका छन् । महिलामा आकृति अधिकारी (कप्तान), सोनु तुलाचन, आश्मा रायमाझी, नम्रता गोतामे, मनीषा थापा र रोश्मा श्रेष्ठ छन् ।
टोली नेतामा रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकको पुरुषमा वीरेन्द्र श्रेष्ठ र महिलामा सोमराज तामाङ छन् । अन्तर्राष्ट्रिय रोलबल प्रशिक्षक सुनील ढागे पाटिल पनि टोलीसंगै बैंक जानेछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव केशवकुमार विष्ट र राखेप सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमबीच आइतबार सातदोबाटोमा बिदाइ गरे । एसियन रोलबल महासंघ र थाइल्यानड रोलबल संघको संयुक्त आयोजनामा च्याम्पियनसिप नोभेम्बर २२ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment