युनिभर्सल तेक्वान्दोको साधारण सभा सुरु

युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघको साधारण सभा लन्डनमा सुरु भएको छ । संघको केन्द्रिय संग र बेलायत शाखाको संयुक्त आयोजनामा साधारण सुरु भएको हो । साधारण सभाका लागि मास्टर राजकुमार राइको संयोजकत्वमा २५ सदस्यीय आयोजक कमिटी गठन भएको छ । आयोजक कमिटीको सह सहसंयोजकमा राष्ट्र राइ छन् । सदस्यहरुमा अमेरिकाका लब गोर्खाली,मनमोहन वाइबा, अमिर श्रेष्ठ,विपिन श्रेष्ठ, सिता राइ र दुर्गा गुरुंग रहेका छन् । अन्य सदस्यहरुमा बेलायतका छुप लाल बन्जाडे र सुन्दर गुरुगका साथै हंककंगका गम गुरुंग र अस्ट्रलियाका आलोक राना छन् ।
अस्ट्रेलियाकै महादेब धनुक, नेपालका नोर्बु लामा, असोक खड्का, रबिन जोशी, दिनेस श्रेष्ठ, पोर्चुगलका पूर्ण हमाल, बेल्जियमका उमेस राज भण्डारी, जापानका सिद्धार्थ श्रेष्ठ, मकाउका सुरज श्रेष्ठ ,अमेरिकाका राम चन्द्र केसी, ज्वाला कार्की, गणेश थापा र कुमार कार्की पनि सदस्य छन् ।
साधारण सभाले दुइ बर्षका लागि नया कार्यसमिती चयन गर्नुका साथै कार्यसमितीले प्रश्तुत गरेको प्रतिबेदन पारित गर्ने छ । नेपाली तेक्वान्दोको विकासका लागि फेयरवेल कार्यक्रम पनि पास हुने छ । नेपाली तेक्वान्दोसंग समन्वय राख्ने र फ्रेन्डसिप तेक्वान्दोलाई अझ ब्यापक बनाउने कुरा महासंघले जनाएको छ ।
साधारण सभाका लागि बेलायतका सगरमाथा तेक्वान्दो डोजांग र जेन मार्सल आर्ट अमेरिकाका् ज्योती एभरेस्ट तेक्वान्दो, क्यानाडाको एम्बीसन तेक्वान्दो र  अस्ट्रेलियाको एभरेस्ट तेक्वान्दो स्कुलus photoशाखाले प्रायोजन गरेका छन् । साधारण सभाको लगत्तै हुने फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसीपमा १० देशका खेलाडी सहभागी छन् ।
dinesh photo kumar logo

Comment