प्रहरी दिवसमा खेलाडी सम्मानित

police1e
नेपाल प्रहरीले आफ्नो ६१ औं दिवसमा विभिन्न खेलका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा करातेका मन्डेकाजी श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, भलिबलकी कोपिला उप्रेती तथा तेक्वान्दोका वीरबहादुर महरा छन् ।
उनीहरुलाई नक्सालमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जनही २ हजार ५ सय र सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

Comment