सेन्ट जेभियर्स, जावलाखेललाई उपाधि

father moran
सेन्ट जेभियर्स स्कुल, जावलाखेलले १९ औं फादर मोरान स्मृति अन्तर विद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
गोदावरीमा भएको फाइनलमा सेन्ट जेभियर्स, जावलाखेलले आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीलाई २–१ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । स्पर्श डोटेलले गोदावरीलाई अग्रता दिलाएका थिए । जावलाखेलका कुनाल चौधरीले बराबरी गोल फर्काए । अत्तिरिक्त समयको खेलमा जावलाखेलका आशुतोष कार्कीले निर्णायक गोल गरे ।
लिटिलएन्जल्स (एलए) स्कुल तेश्रो भयो । एलएले नेपाल एपीएफ स्कुललाई २–० गोलले हरायो । एलएकाइमान गुरुङ र डाइलन श्रेष्ठले १–१ गोल गरे ।
जावलाखेलका सन्दिप बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए भने प्रतियोगिताभर ७ गोल गरेका गोदावरीका माइकल घले सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । गोलरक्षकमा एपीएफका कृष्णगिरी, डिफेन्समा गोदावरीका फिलिप घले तथा प्रशिक्षकमा ओमकृष्ण श्रेष्ठ उत्कृष्ट घोषित भए । एपीएफ अनुशासित टिम बन्यो ।

Comment