रिमालको सामान्य प्रदर्शन

ब्राजिलमा जारी रियो ओलम्पिकमा एथलेटिक्सको ५ हजार मिटर दौडमा नेपालका हरि रिमालले निराशाजनक प्रदर्शन गरेका छन् । रिमाल हिट चरणमा २३औँ स्थानमा रहे। आफ्नो व्यक्तिगत समयमा पनि सुधार गर्न नसकेका रिमालले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव ४२ सेकेन्डमा पुरा गरे ।

उनी २३औँ स्थानमा दौड पुरा गरे । उनले हरिले सागमा बनाएको १४ मिनेट ३२ दशमललव १८ सेकेन्डको व्यक्तिगत समयमा पनि सुधार गर्न सकेनन् । उनले आफ्नो रेसमा सोमालियाका मोहम्मद दउड र सालोमोन आइल्यान्डका सिइसोलाई मात्र पछि पारे । यस स्पर्धामा राष्ट्रिय कीर्तिमान राजेन्द्र भण्डारीको नाममा छ । जुन राजेन्द्रले सन् २००४ को एथेन्स ओलम्पिकमा बनाएका थिए ।

Comment