प्राइम र सीसीआरसी उपाधि नजिक

prime semifinal
आयोजक प्राइम र सविक विजेता सीसीआरसी कलेज १२ औं प्राइम कप बास्केटबल प्रतियोगिताको पुरुष स्पर्धामा फाईनल प्रवेश गरेका छन् । बिहिवार भएको सेमिफाईनल खेलमा दुवै विजेता टिमले एकतर्फी नतिजा आफ्नो पक्षमा पारेका छन् । पहिलो सेमिफाईनल खेलमा आयोजक प्राइमले ज्ञाननिकेतनलाई ८३–३३ को बिशाल अन्तरले पराजित ग¥यो । प्राइमले चारै क्वाटर १०–७,२६–९,२३–५ र २४–१२ ले अग्रता लिएको थियो । दोश्रो सेमिफाइनल सीसीआरसीले गोल्डेनगेट माथी ६७–४० को फराकिलो अन्तरले हरायो । पहिलो क्वाटर १६–१५ मा समाप्त हुदा सीसीआरसीले गोल्डेगेटमाथी मात्र १ अंकको अग्रता लिएको थियो । बाँकी तीन क्वाटरमा उत्कृष्ट खेल प्रदर्शन गेरेको सीसीआरसीले गोल्डेनगेटलाई १४–४,२१–१३ र १६–८ ले पछि पारेको थियो । प्राइमको जितमा निश्चल महर्जनले उत्कृष्ट प्रदर्शन गदै सर्वाधिक २८ स्कोर गरे भने सीसीआरसीका लागि गोपिन पुनले १३ स्कोर गरेको योगदान दिएका थिए । महिलातर्फ  प्राइम र ह्वाइट हाउस उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । शुक्रवार हुने फाईनल खेलका विजेतालाई प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले पुरस्कृत गर्ने छन् ।

Comment