ओलम्पिक डे महोउत्सवका रुप स्थापित हुने

oday1
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक डेलाई खेलको महोउत्सवको रुपमा मनाउने कामको थालनी भएको बताएका छन् । एनओसी अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसनले शनिवार आयोजना गरेको ओलम्पिक डे डिब्रिफिंग कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो अभिव्यक्ती दिएका हुन् । ‘हामीले ओलम्पिक डेलाई एउटा स्वच्छ जीवन जिउन चाहाने र देशलाई खेलको माध्यबाट गौरब बढाउन चाहानेहरुको महोत्सवका रुपमा मनाउने आकाक्षा राखेका थियौं । जुन कामको थालनी भएको छ,’श्रेष्ठले भने,‘ओलम्पिक डेलाई संघ, क्लब तथा खेलकर्मीहरुको आफ्नो दिवसका रुपमा व्यापक रुपमा मनाउने स्थिती निमार्ण गर्नसक्छौं । त्यसतर्फ हामी अघि बढिरहेका छौं । स्वामित्व ग्रहण गर्ने स्थिति शुरु भएको छ जुन सकारात्मक पक्ष हो ।’
नेपालमा ओलम्पिक डे १७ देखि २३ जुनसम्म मनाइदिएको थियो । राष्ट्रिय खेलकुद संघहरु, क्लब तथा विद्यालयहरुमा गरि ओलम्पिक डेको अवसरमा ४१ वटा कार्यक्रम संचालन भएको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले बताए । विभिन्न खेलका ५९ इभेन्ट संचालन भएको थियो । जुन ओलम्पिक डेको अवसरमा नेपालमा भएको सर्बाधिक धेरै इभेन्ट हो ।
स्पोर्टस फर अल कमिसनका उपाध्यक्ष प्रो डा केवि थापा, महासचिव राजेश श्रेष्ठले ओलम्पिक डेको अवसरको विषयमा भएका गतिविधिको प्रकाश पारेका थिए । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एनओसीकी उपाध्यक्ष ज्योती राणालगायत विभिन्न संघका प्रतिनिधि, ओलम्पियन, विभागीय टिमका प्रतिनिधि, खेलाडीको उपस्थिति रहेको थियो । कार्यक्रममा ओलम्पिक डे मनाउनका लागि सहयोग गर्ने संघ, संस्था तथा व्यक्तित्वहरुलाई प्रसंसा प्रत्र प्रदान गरिएको थियो ।

Comment