कांस्य विजेता महिला ह्यान्डबल टोली सम्मानित

handball  samman photo

पाकिस्तानको फैसलाबादमा भएको अन्तर्राष्ट्रिय ह्यान्डबल फेडेरेसन(आईएचएफ) ट्रफीमा तेश्रो भएको नेपाली महिला टोलीलाई नेपाल ह्यान्डबल संघले बुधबार सम्मान गरेको छ ।
सम्मानित हुनेमा जिना राई (कप्तान), कविता राई, निशा राई, लक्ष्मी राई, सपना राई, संगीता श्रेष्ठ, टीकामाया पुर्जा पुन, सुस्मिता गुरुङ, रमिला बस्नेत, सुजाता अधिकारी, अलिशा लामिछाने, गोलरक्षिकाद्वय रेसु राई र कोपिला श्रेष्ठ तथा अनिमा नेपाली रहेका छन् ।
टोली नेता ह्यान्डबल संघका कोषाध्यक्ष मीठाराम अधिकारी, व्यवस्थापक ह्यान्बल संघका सचिव सन्देश रेग्मी तथा महिला टोलीका प्रशिक्षकद्वय भैरव क्षेत्री र विन्दाकुमारी महाराजी पनि सम्मानित भए ।
डिसेम्बर २ देखि ८ तारिखसम्म भएको दक्षिण मध्य एसिायली (दक्षिण एसियाका ८ र यमन गरी ९ राष्ट्र)क्षेत्रको यस च्यापियनसिपमा नेपालको तर्फबाट कविताले सर्वाधिक २७ गोल गरेकी थिइन् । निशाले २२ र कप्तान जिनाले २१ गोल गरेका थिए ।
महिलातर्फ नेपालसहित पाकिस्तान, बंगलादेश, यमन र अफ्गानिस्तान गरी ५ राष्ट्र सहभागी थिए । राउन्ड रविन लिगका आधारमा खेलाइएको उक्त च्याम्पियनसिपमा महिला टोलीले दुई खेलमा जित हात पारेको थियो । नेपालले अफ्गानिस्तानलाई ३३–३ र यमनलाई २४–१३ ले हराएको थियो ।नेपाल पाकिस्तानसंग २४–१३ र बंगलादेशसंग ३५–१९ ले पराजित भएको थियो । बंगलादेश पहिलो र पाकिस्तान दोश्रो भएका थिए । दोश्रो संस्करणदेखि महिलाको स्पर्धा थपिएको हो । त्यति बेला पनि नेपालले अहिलेकै उपलब्धी हासिल गरेको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा रह्यान्डबल संघका अध्यक्ष तेज गुरुङले फुलमाला र खादा लगाइ सम्मान गरे ।
छ राष्ट्र सहभागी पुरुषतर्फ भने नेपालले पाँचौं स्थानमा यात्रा टुंगाएको थियो । पाकिस्तान पहिलो, यमन दोश्रो, अफ्गानिस्तान तेश्रो, बंगलादेश चौथो र माल्दिभ्स छैटौं भए ।

Comment