प्रकास सहितका प्रशिक्षकको मनोनयन

prakash
साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट प्रशिक्ष्ाँकमा फुटबलका बालगोपाल महर्जन, उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, फुटबलकै राजुकाजी शाक्य र क्रिकेटका जगत टमाटा उत्कृष्ट ५ मा परे ।
पल्सर स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, बर्षका उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी र समग्र रुपमा नेपाली खेलकर्मीलाई सम्मानित गर्ने छ । आयोजक खेलकुद पत्रकार मञ्चका सचिव राजु घिसिङको संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको सात सदस्यीय खेलाडी छनोट समितिले २०७२ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मनोनयन सूचि तयार पारेको हो । बर्ष २०७२ का उत्कृष्ट प्रशिक्ष्ाँकको मनोनयनमा परेका उसुका प्रकाश महर्जन थाउलोका प्रशिक्ष्ाँक हुन् । उनको प्रशिक्षणमा१२ औं सागमा थाउलोका सात खेलाडी सहभागि सबैले पदक जितेका थिए । उसुमा जितेका १ स्वर्ण १० रजत १ कांस्यमध्ये थाउलोमा १ स्वर्ण र ६ रजत हात परेको थियो ।
जुडोका दलबहादुर गुरुङको प्रशिक्षणमा नेपालले १२ औं सागमा जुडोले जितेका नौ पदकमध्ये ६ पदक महिलाका स्पर्धामा जितेको थियो । बालगोपाल महर्जनले नेपाललाई बंगबन्धु गोल्डकप च्याम्पियन बनाएका थिए । bal gopalसाथै साफ यू १९ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाएका उनी हाल बंगलादेशको ‘ए’ डिभिजन क्लब ब्रदर्श युनियनको मुख्य प्रशिक्षँक छन् । राजुकाजी शाक्यले १२ औं सागमा नेपाली यू –२३ टिमलाई स्वर्णपदक जिताएका थिए । खेलाडी र प्रशिक्ष्ाँकको रुपमा साग÷साफ गेम्समा स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन् । जगत टमाटाले नेपाललाई आईसीसी यू– १९ ग्लोबल वल्र्डकप क्वालिफाइरमा विजेता बनाउनुका साथै एसीसी यू– १९ एलिटमा उपविजेता बनाएका थिए । नेपाललाई आईसीसी यू १९ विश्वकपमा क्वाटरफाइनल पु¥याएमन उजी राष्ट्रिय टिमको पनि प्रशिक्षँक छन् । gagat

Comment