फूपू सहित पाँच खेलाडी छनोट

phupu

साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट महिलातर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की मनोनयनमा परे । आयोजक खेलकुद पत्रकार मञ्चका सचिव राजु घिसिङको संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको सात सदस्यीय खेलाडी छनोट समितिले २०७२ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शन तथा हात पारेको नतिजाको नतिजाको आधारमा मनोनयन सूचि तयार पारेको हो ।
फुपू ल्हामु खत्रीले १२ औं सागको स्वर्णसहित ५ पदक जितिन् । दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी उनी सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला हुन् । राउन्ड रोबिनको आधारमा भएको ६३ केजीमुनिको स्पर्धामा चारै प्रतिद्वन्द्वीलाई हराएकी उनले स्वर्णको लागि निर्णायक खेलमा भारतकी सुनीबालादेवी हुइदरमलाई वोजारीको आधारमा पराजित गरेकी थिइन् । त्यसअघि श्रीलंकाकी डीवाईएल विजेबद्र्धने, बंगलादेशकी डोउसुइजिङ चौधरी कान्त र पाकिस्तानकी अम्ब्रिन मसिहलाई नकआउट गरेकी थिइन् ।
हङकङ ओपन जुनियर जुडो च्याम्पियनसिपमा रजत । हङकङ र चीनका खेलाडीलाई पराजित गरेपछि चाइनिज ताइपेईसग हारेकी थिइन् । मकाउ ओपन जुनियर जुडो च्याम्पियनसिपमा कांस्य जित्ने क्रममा उनले चाइनिज ताइपेलाई पराजित गरेपछि चीन सग हारेकी थिइन् । हंगेरी ओपन जुडो ्च्याम्पियनसिपमा कांस्य जित्ने क्रममा स्थानीय खेलाडीलाई हराएकी थिइन् । अल ओपन जुनियर बुडापेस्ट कपमा तीन खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी उनी वल्र्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पनि सहभागि थिइन् । उसुकी नीमा घर्तीमगर १२ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी हुन् । थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा कुल १६.८९ अंक प्राप्त । नानछ्वानमा ८.४३ र नानदाओमा ८.४६ अंक पाएकी थिइन् । पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि उनले छनोट भएरपनि १७ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न पाएकी थिइनन् ।nima1

तेक्वान्दोकी रेजिना कार्की १२ औं सागमा ४६ केजीमुनिको स्पर्धामा रजतपदक विजेता हुन् । पहिलो चरणमा अफगानिस्तानी रजाई खादिजालाई ३—० र सेमिफाइनलमा भुटानकी कर्मा वङ्मोलाई ११—२ ले हराएकी उनले फाइनलमा ८—८ को बराबरीपछि पाकिस्तानकी यासमिन खानसंग सडनडेथमा स्वर्ण गुमाएकी हुन् ।

Yan, Rejina and Ayesha
पौडीकी गौरिका सिंह१२ औं सागमा ऐहितासिक १ रजत र ३ कांस्यसहित चार पदक जित्न सफल भएकी हुन् । व्यक्तिगत ७ सहित १० राष्ट्रिय कीर्तिमान कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिप २ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा २ राष्ट्रिय कीर्तिमान बनाएकी उनले आयरल्यान्डको डब्लिनमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। उनले चार प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।roja

ट्रायथलनकी रोजा केसी १२ औं सागमा १ रजत र १कांस्यसहित २ पदक विजेता हुन् । पौडी७५० मिटर, साइक्लिङ २० किमी र दौड ५ किमी १ घन्टा १६ मिनेटमा पूरा गर्दै व्यक्तिगत स्पर्धामा कांस्य जितेकी उनले यमकुमारी घले, हिमाल थापा र रुद्र कटुवालसंगै मिक्स रिलेमा रजत जितेकी थिइन् । gaurika1
चौथो राष्ट्रिय ट्रायथलन प्रतियोगितामा उनले रजत जितेकी थिइन् ।

Comment