सदस्य–सचिव विष्ट रुस प्रस्थान

biste
रसियाको याकुजमा हुने छैटौं चिल्डे«न अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।नेपाली टोलीको ‘सेभ दि मिसन’ का रुपमा सहभागी हुन सदस्य–सचिव त्यसतर्फ प्रस्थान गरेका हुन् । जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, टेबलटेनिस र जुडोमा भाग लिने छ । प्रत्येक खेलमा २ का दरले जम्मा ८ खेलाडीले गेम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
सदस्य–सचिव विष्टको अनुपस्थितिमा राखेपका सदस्य गंगाबहादुर थापाले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्ने छन् ।

Comment