अरहान्त र भावना च्याम्पियन

squashe
अरहान्त केशर सिंह र भावना सुनवारले ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–५, ११–४ र १२–१० को सोझो सेटमा पराजित गरे । प्रज्ज्वल प्रकाश प्रधान र सुरज श्रेष्ठ तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा भावनाले विपना ब्लोनलाई ११–५, ११–३ र ११–५ को सीधा सेटमा हराइन् । सपना ब्लोन र डोल्मा लामा तेश्रो बने । नेपाल स्क्वास ¥याकेट्स संघ तथा नेपाल ओलम्पिक कमिटी अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगितामा अमिर ब्लोनले यु–१७ ब्वाइज सिंगल्स उपाधि जिते । उनले फाइनलमा माधव बाहेटीलाई ११–५, ७–११, ११–८ र ११–४ को सेटमा पाखा लगाए ।
भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा सुदीप बहादुर सिंह पहिलो भए । उनले फाइनलमा किशोर महर्जनलाई ११–६, ११–४ र ११–५ ले पाखा लगाए ।
विजेतालाई आयोजक संघका संस्थापक अध्यक्ष भरतकेशर सिंह, पूर्व सेना प्रमुख अर्जुननरसिंह राणा, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, स्क्वास संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रम बीच पुरस्कृत गरे । ९ असार देखि सुरु प्रतियोगितामा ६२ खेलाडीले विभिन्नचार स्पर्धामा प्रतिस्पर्धा गरेकाथिए ।
धनलक्ष्मी स्मृति स्क्वास हुने
समापनकाअवसरमा नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जनले आफ्नी आमाको स्मृतिमा राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना गर्ने घोषणा गरे । धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अगष्ट १ तारिखदेखि सातदोबाटोमा हुने भएको हो ।
प्रतियोगितामा पुरुष÷महिलासिंगल्स, यु–१७ र यु–१३ ब्वाइज सिंगल्स तथा भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । कूल पुरस्कार राशी ५० हजार रुपैयाँ राखिएको छ ।
‘कम्तीमा तीन वर्षसम्म प्रतियोगितालाई निरन्तरता दिने छौं ।’– महर्जनले भने– ‘प्रतियोगिताले स्क्वासको प्रवद्र्धन गर्न मद्दत पुग्नुका साथै नयाँ प्रतिभाको पहिचान पनि हुने विश्वास लिएको छु ।’

Comment