अमृत फाइनलमा

अमृत थापा मगर ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।सेमिफाइनलमा अमृतले प्रज्ज्वलप्रकाश प्रधानलाई ११–७, ११–३ र १३–११ को सोझो सेटमा पराजित गरे । अमृतले अरहान्तकेशर सिंह र सुरज श्रेष्ठबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग उपाधिका लागि भिड्ने छन् ।
महिला सिंगल्समा विपना ब्लोनले सपना ब्लोनलाई ११–४, ११–८ र ११–३ को सीधा सेटमा हराउदै भावना सुनवारसंग फाइनल भेट पक्का गरिन् ।

Comment