बेसबल प्रतियोगितामा आर्मी विजयी

baseball e
ओलम्पिक डेका अवसरमा आयोजित पुरुष बेसबल प्रतियोगितामा आर्मी बिहीबार विजयी भएको छ । पुल्चोकमा भएको खेलमा आर्मीले एपीएफ क्लबलाई १–० ले पराजित ग¥यो ।स्पोर्ट्स फर अल कमिसन र नेपाल बेसबल तथा सफ्टबल संघद्वारा आयोजित प्रतियोगिताको महिला सफ्टबलमा भने एपीएफले आर्मीलाई ९–१ ले हरायो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रम आयोजक संघका महासचिव दीपक न्यौपानेले सञ्चालन गरेका थिए भने संघका उपाध्यक्ष प्रदीपकुमार खत्रीले स्वागत मन्तब्य राखेका थिए ।

Comment