ज्ञान र सुरेन्द्रको जोडी पहिलो

badminton1
ओलम्पिक डेको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ज्ञान विक्रम शाह र सुरेन्द्र बहादुर सिंहको जोडी बुधबार पहिलो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा उक्त जोडीले सुवास श्रेष्ठ र नारायण शाक्यको जोडीलाई २१–१९, २०–२२ र २२–२० को सेटमा पराजित गरे । पुष्प ताम्रकार र हरिप्रसाद श्रेष्ठ तथा विष्णुलाल श्रेष्ठ र नरेश ताम्राकारको जोडी संयुक्त रुपमा तेश्रो भए ।
विजेतालाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा व्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाही र रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
स्पोर्ट्स फर अल कमिसन तथा नेपाल ब्याडमिन्टन संघद्वारा संयुक्त आयोजित एक दिने प्रतियोगितामा १४ पुरुष जोडीले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धी जोडीले दुवैको उमेर मिलाएर १ सय वर्ष पु¥याउनु पर्ने थियो ।

Comment