विमललाई रजत

bimal rajat
भारतको मुम्बईमा जारी छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा नेपालका विमललाल श्रेष्ठले रजत जितेका छन् ।
उनले पुरुषतर्फ १ सय ७० सेन्टी मिटर उचाइसम्मको स्पर्धामा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । विमलले प्रतिस्पर्धा गरेको स्पर्धामा ७ खेलाडीले सहभागिता जनाएको बताइएको छ । नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालले फिट्नेस फिजिक्समा पहिलोपल्ट सहभागिता जनाएको हो ।

Comment