टीकालाई स्वर्ण

judo olympicse
स्पोर्ट्स फर अल कमिसन तथा नेपाल कुराँस संघद्वारा संयुक्त आयोजित जुनियर कुराँस च्याम्पियनसिपको पुरुष २५ केजी तौलसमूहमा टीकाराम गुरुङले स्वर्ण जितेका छन् ।पुरुषकै ३० केजीको यु–८ उमेरसमूहमा निश्चित थापा मगर र खुलामा विकास गुरुङ, ३५ केजीमा अनिश बराल, ४० केजीमा आकाशदीप राई तथा ४७ केजीमा दीपेश राईले स्वर्ण हात पारे ।
धापासीस्थित मेरीगोल्ड हेल्थ क्लबमा भएको एकदिने प्रतियोगिताको महिला ४५ केजीमा सारिका थिङले स्वर्ण जितिन् ।विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्य रमेशकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

Comment