राहुल र सिमरन पहिलो

Manoj Shiama
20 June, 2016 8:49 am

राहुल दर्शन र सिमरन मानन्धर ओलम्पिक डेको उपलक्ष्यमा आयोजित ट्रायथल प्रतियोगितामा आइतबार पहिलो भएका छन् । क्याटगोरी ‘डि’ को पुरुषमा राहुल तथा महिलामा सिमरन पहिलो भएका हुन् ।पुरुषमा सार्थक श्रेष्ठ दोश्रो र प्रणमय डंगोल तेश्रो भए । महिलामा समिरासोभा थापा मगर दोश्रो र आश्मा तामाङ तेश्रो भए ।स्पोर्ट्स फर अल कमिसन तथा नेपाल मोर्डन पेन्टाथनल संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्याटगोरी ‘इ’ को पुरुषमा आदर्श कार्की पहिलो, पीयूष श्रेष्ठ दोश्रो तथा सनिलकुमार थापा मगर तेश्रो बने । सोही स्पर्धाको महिलामा अनुसिंह तन्डुकार पहिलो, टीएन शेर्मा लिम्बू दोश्रो तथा रेहा महर्जन तेश्रो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच पुरस्कृत गरे । सुटिङ, पौडी र दौड समावेश ट्रायथलमा २२ खेलाडी सहभागी थिए ।