दमकमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

पूर्वाञ्चलको प्रतिष्ठित ध्रुवतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो संस्करण आगामी नौ देखि १४ पुषसम्म दमकमा हुने भएको छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रुपैंया रहेको छ । फिडेको स्विस लिग प्रणाली अनुसार ९ चरणसम्म खेलाइने प्रतियोगिताको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट हुने ४५ जनालाई समेत पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष भीमराज केसीले बताए । प्रतियोगितामा १० देशका १ सय ५० भन्दा बढि खेलाडीको सहभागीता रहने छ । यस अघिका ३ मध्ये २ संस्करणको उपाधि भारतीय खेलाडीले हात पारेका थिए भने पछिल्लो संस्करण नेपालका युवा खेलाडी मनिष हमालले जितेका थिए ।

Comment