माछापुच्छ«े क्रिकेट क्लबे च्याम्पियन पोखरा ः

पोखरा ः
पोखरा क्रिकेट क्लबलाई ९० रनले पराजित गर्दै माछापुच्छ«े क्रिकेट क्लब सेलो तेल क्लबस्तरीय क्रिकेट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ ।
टस जितेर व्याटिङ थालेको माछापुच्छ«ेले ३५ ओभर खेल्दै १ सय ६६ रन बनाउँदा युवा खेलाडीले उत्कृष्ठ प्रदर्शन गरे । दिपेश खत्री आठ रनमा पवेलियन फर्किएपछि सस्तैमा समेटिने अपेक्षा गरिएपनि अन्य व्याट्सम्यानको व्याटबाट सन्तोषजनक रन निस्कियो ।
पोखरा क्रिकेट क्लबका लागि ‘विग विकेट’ खत्रीलाई क्याच आउट गरेपछि राजेश शाही र विवेक तिवारीले खुलेर व्याटिङमा उत्रिए । पहिलो विवेकटको लागि अगेन्द्र छन्त्याल र शाहीले ६९ रनको साझेदारी गरेका थिए । छन्त्यालले ४२ रन हिर्काउँदै आधारशिला तयार पारेपछि शाहीले पनि ३२ रन बनाए । विवेक तिवारीले नटआउट ३३ रन बनाए भने करण केसीले २३ र दिपक शर्माले १६ रनमा खेले । राजेश श्रेष्ठले चार ओभर ३१ रन दिएर तीन विकेट लिउ भने विजय राउतले दुई विकेट लिन सफल भए ।
१ सय ६७ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले पाँच ओभर नटुगिंदै तीन विकेट गुमाएपछि धरासायी हुने संकेत देखाएको थियो । ओपनर प्रदीप राउत दुई रनमा क्याच भए । ध्रुव कार्की रन आउट र अर्जुन अधिकारी पनि क्याच आउट भएपछि कप्तान रिजन प्रजुले सम्हाल्ने सम्भावना क्षीण देखिएको थियो । चन्द्रकुमार गुरुङ(जिम्मी)ले २४ रन हिर्काउँदै टोलीलाई उकास्न योगदान दिएपनि अरु व्याट्सम्यानको व्याटबाट दोहोरो अंकको रनफल तयार नहुदाँ ७६ रनमा अलआउट हुन पुग्यो । पोखरा क्रिकेट क्लबले केवल २३ ओभर पाँच बल मात्रै खेल्यो ।
विवेक तिवारीले १४ रन दिएर तीन विकेट लिदाँ करण केसीले दुई र राजु गुरुङले पनि २ विकेट लिए । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि अरण्यज्योतिका कप्तान विधान श्रेष्ठ घोषित भए । त्यसैरी बेष्ट व्याट्सम्यान माछापुच्छ«े क्रिकेटका राजेश शाहीलाई पुरस्कृत गरियो । बेष्ट बलर पोखरा क्रिकेट क्लबका बलर राजेश श्रेष्ठ बने । फाईनल खेलको म्यान अफ दि म्याच विवेक तिवारी घोषित भए । उनीहरुलाई पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजु, पोखरा शारिरीक सुगठन संघका अध्यक्ष पवन प्रजापति, क्षेत्र न. आठका क्षेत्रीय महासचिव ऋषिराम गौतम, कोषाध्यक्ष विमलमान गुभाजू, प्रजु एण्ड सन्सकी सञ्चालिका पिंकी मास्के लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा पोखराका पाँच क्लबले प्रतिस्पर्धा गरेका थिए ।
यसैबीच प्रतियोगिताबाट शनिबार १४ जना खेलाडी छनोट गरिएको छ । छनोट गरिएको टोलीले सोमबारदेखि क्षेत्रीय छनोटको लागि प्रतिस्पर्धा गर्ने छन् ।
रिजन प्रजुको कप्तानीमा विधान श्रेष्ठ(उपकप्तान), दिपेश खत्री, करण केसी, शिव सुवेदी, चन्द्रकुमार गुरुङ, राजेश शाही, राजेश श्रेष्ठ, अश्विनी रानामगर, अगेन्द्र छन्त्याल, ध्रुव कार्की, अनुप गुरुङ, विवेक तिवारी र सुदिप पौडेललाई छनोटमा परेका हुन् । टोलीको प्रशिक्षकमा भोजबहादुर गुरुङ र म्यानेजरमा विष्णुकान्त सिग्देल रहेका छन् । छनोटभएको कास्कीको टोलीले स्याङजा र चितवनसँग प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धाबाट क्षेत्र नं ८ पोखराको लागि १४ सदस्यीय टोली चयन गरिने छ ।

Comment