सेन्ट जेभियर्स क्वाटरफाइनलमा

आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।            लिगको अन्तिम दिन सेन्ट जेभियर्सले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ५–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ फ्रान्सिस घलेले ह्याट्रिक गरे भने माइकल घलेले २ गोल थपे ।
लिटिल एन्जल्स (एलए) स्कुल र नेपाल एपीएफ स्कुल तथा सेन्ट जेभियर्स स्कुल, जावलाखेल र पुष्पाञ्जलीले गोलरहित बराबरी खेले ।
बराबरीसंगै समूह ‘सी’ बाट एलए विजेता र एपीएफ उपविजेता तथा समूह ‘डि’ सेन्ट जेभियर्स, जावलाखेल विजेता र पुष्पाञ्जली उपविजेताका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भए ।
क्वाटरफाइनल डिफेन्डिङ च्याम्पियन एलआरआई र एपीएफ, सेन्ट जेभियर्स, गोदावरी र पुष्पाञ्जली, एलए र क्रेसेन्ट एकेडेमी तथा सेन्ट जेभियर्स, जावलाखेल र नेपाल डन बस्कोबीच हुनेछ । क्वाटरफाइनल सोमबारदेखि हुनेछ ।

Comment