डनबस्को र सेन्ट जेभियर्स सफल

नेपाल डनबस्को र सेन्ट जेभियर्स स्कुल, जावलाखेलले१९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।
डनबस्कोले चेल्सी इन्टरनेसनल स्कुललाई १–० ले पराजित ग¥यो । दिलराज तामाङले निर्णायक गोल गरे । सेन्ट जेभियर्सले इडेन गार्डेन इङलिस बोर्डिङ स्कुललाई ३–० ले हरायो । विजयी टिमका लागि आशुतोष कार्कीले २ तथा सन्दिप बुढाथोकीले १ गोल गरे ।

Comment