भर्र्जीनीयामा नेपाली खेलाडीको सम्मान

us photoe
अमेरिकामा रहेर कराते तथा तेक्वान्दो दुवै खेलमा सक्रिय रहेका उज्वल ठकुरीले पछिल्लो समय आफूले प्राप्त गरेको सफलताका कारण उत्साहित भएको बताएका छन् । गत शनिबार अप्रिल २४, २०१६ नेपाली कांग्रेस भर्जिनीया च्यप्टरको आयोजनामा भएको कार्यक्रममा करातेका उज्वल ठकुरी, उसुका चन्द« लामा र भारोत्तोलनमा रुप कार्की सम्मानीत भएका हुन् ।
उज्वलले अमिरिकामा भएका करातेका भिन्न प्रतियोगिता गरी ७ स्वर्ण पदक जितेका छन् । यसैगरी, उनले तेक्वान्दोमा समेत एक स्वर्ण पदक जितेका छन् । यसैगरी, उनले करातेमा चार रजत तथा चार काश्य समेत गरी कुल १५ पदक पाइसकेका छन् । त्यसैगरी, रुपले भारत्तोलनमा दुइ स्वर्ण पदक जितेका छन् ।
लामा चन्द्र लामा उसुका हस्ती तथा हाल करातेमा समेत सक्रिय ब्यक्तित्व हुन् । यो कार्यक्रमआयोजनामा नेपाली काँग्रेस भर्जीनीया च्याप्टरका सभापति रामेश्वोर हुमागाई र केसब बरालको बिशेष भुमिका रहेको जनाइएको छ ।

Comment