खेलकर्मी महर्जनको सभापतिमा उम्मेदवारी

ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष विनोद महर्जनले नेपाली काँग्रेस १५ औँ महाधिवेशन अन्तर्गत ललितपुर जिल्ला अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्।महर्जन कराते तथा किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी हुन्।महर्जन नेपाली काँग्रेसको कोटाबाट ललितपुर जिल्ला खेलकुदको अध्यक्ष नियुक्त भएका उनको कार्यकालमा ललितपुर जिल्ला नै खेलकुदमय भएको भन्दै पार्टीले पुन:दोस्रो कार्यकालमा नियुक्तिको लागि सिफारिस गरेको हो ।
प्रदेश खेलकुद विकास परिषद्,बागमती प्रदेशद्वारा आयोजित स्पोर्ट्स अवार्ड कार्यक्रममा बागमती प्रदेश कै उत्कृष्ट अध्यक्षको रूपमा महर्जन पुरस्कृत भएका थिए ।हरेक निकायमा राजनैतिक नियुक्ति हुने हुँदा खेलकुदको समग्र विकास गर्नका लागि महर्जन २०६० साल अगाडिदेखि नेपाली काँग्रेसमा लागिरहेको र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा १९ दिन नै निरन्तर आन्दोलनमा भाग लिएको जानकारी गराए । आफूले पनि ललितपुर जिल्लाको अधिवेशनमा पार्टी सभापतिको उम्मेदवारीको घोषणा गरेका हुन्।अधिवेशनमा गुट उपगुटमा नरही आफ्नो विवेकले मतदान गर्नका लागि सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई अनुरोध गरेका छन्।