उदय अर्याल सम्मानित
Manoj Shiama
9 July, 2026 8:28 am

नेपालका वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल कोसी प्रदेश खेलकुद परिषद्बाट सम्मानित भएका छन् । विगत लामो समय देखि ब्याडमिन्टन क्षेत्रमा सक्रिय रही अन्तर्राष्ट्रिय रेफ्रिको रूपमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
कोसी प्रदेश सरकारबाट सम्मानित मोरङका स्थायी बासिन्दा अर्यालले प्यारालिम्पिक खेलकुद र एसियाली खेलकुदमा टेक्निकल अफिसियलको रूपमा जिम्मेवारी पुरा गरी सकेका छन् ।

