युरो स्कुललाई आईडब्लुएस फुटसल उपाधि

Manoj Shiama
7 July, 2026 5:37 pm

आइडब्लुएस  यु–१६ फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलवार सम्पन्न प्रतियोगितामा युरो स्कुलले काष्ठमण्डप विद्यालयलाई १–० ले हराएको छ । बृहस्पति विद्या सदनलाई टाई ब्रेकरमा हराउँदै निसर्ग बाटिका स्कुललाई १–१ ले हराएको छ । विजयी विद्यालयका आरोक्य श्रेष्ठ उत्कृष्ट खेलाडी भए भने संस्कृति इन्टरनेसनल स्कुलका ऋषभ महत शीर्ष गोलकर्ता भए । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक भए । 

सो १७ असारका दिन नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक नवीन न्यौपाने र राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङको उपस्थितिमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको आयोजना प्रशिक्षक राजेश शाही संलग्न इम्पेरियल स्कुलले गरेको हो ।