रग्बीका प्रेम उज्बेकिस्तान जाने

Manoj Shiama
14 May, 2026 6:07 am

 रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया ९कासा० रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रूपमा सहभागी हुन बिहीबार उज्बेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएका छन् । प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ ।

उनलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव राम चरित्र मेहता, राखेपका पूर्व सदस्य सन्तकुमार मेहता र नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले बुधवार एक कार्यक्रमबिच बिदाइ गरे ।

केही दिन अघि एसिया रग्बी डेभलोप्मेन्ट प्यानलमा परेपछि प्रेम मुख्य रेफ्रीमा मनोनीत भएका थिए । नेपालबाट रग्बीको मुख्य रेफ्रीमा मनोनीत हुने प्रेम पहिलो भएको महासचिव घिमिरेले जनाएका छन् । यसअघि उनी सहायक रेफ्री थिए ।