बागमतिलाई बेसबल उपाधि

दोेस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपका उपाधि बागमती प्रदेशल जितेकोे छ । उपाधि जित्ने क्रममा बागमतीले आइबार भएकोे फाइनलमा सुदुर पश्चिमलाई १४–८ ल हरायो ।
प्रतियोगितामा सात प्रादेशीक र विश्वद्यिालय समेत गरी ८ टोलीकोे सहभागिता रहेको आयोेजक कमिटीका सयोजक तथा नेपाल बेसबल तथा सफ्टबल सघका उपाध्यक्ष सुरेन्द्र थपलियाले जानकारी दिए ।
प्रतियोगितामा लुम्बीनीले तेस्रो स्थान पायो । प्रतियोगिताको उपाधि विजेताले ३० , उपविजेताले २० तथा तेस्रो हुने टोलीले १० हजार रुपैया पुरस्कार पाए । बागमतीका दिपेश माझी उत्कृष्ट खेलाडी घाषित भए । चौथो हुने कोशी प्रदशले सान्त्वना पुरस्कार स्वरुप १० हजार रुपैया पुरस्कार पायो । सो पुरस्कार सघकी सदस्य सुनिता थापाले व्यक्तिगत रुपमा प्रायोेजन गरेकी हुन् । विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथी तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष राजिव श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल बास्केटबल सघका अध्यक्ष भिम सिह गुरुङ लगायतले पुरुस्कार प्रदान गरे ।
खेलको दौरान शिक्षा ताथ खेलकुद मन्त्रालयका सचिवालय प्रमुख निसन मर्हजन लगायतको उपस्थिती थियो ।
