एभरेस्ट मार्सल आर्ट्स एकेडेमीलाई ए वान ग्रुप सर्भिसेजको सहयोग

अस्ट्रेलियामा स्थापित एभरेस्ट मार्सल आर्ट्स एकेडेमी,अस्ट्रेलियाको क्लब सञ्चालन तथा खेलाडीहरूको खेल विकासका लागि ए वान ग्रुप सर्भिसेजले आवश्यक खेल सामग्री प्रायोजन गरेको हो । क्लबलाई आवश्यक पर्ने खेल सामग्री उपलब्ध गराई खेलकुद क्षेत्रको विकासमा ए वान ग्रुप सर्भिसेजले उल्लेखनीय योगदान गरेको हो ।

सर्भिसेजका निर्देशक प्रदीप दाहालबाट सहयोग प्रदान गरिएको हो । सो अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडीहरू, एभरेस्ट मार्सल आर्ट्स एकेडेमीका खेलाडीहरू, प्रशिक्षकहरू तथा साथीभाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको दौरान एकेडेमीका अध्यक्ष मुकुन्द्र महर्जनले दाहालसँगै सर्भिसेजको प्रतिनिधीत्व गर्ने सुवास र ऋषभलाई पनि सम्मान स्वरूप माया को चिनो प्रदान गरे ।

त्यसै गरी, क्लबका उपाध्यक्ष लक्ष्मी भट्ट तथा कोषाध्यक्ष सोनाम लामाले पनि कार्यक्रमको क्रममा आ–आफ्नो तर्फबाट मन्तव्य राख्दै सहयोगीप्रति आभार व्यक्त गरे । सर्भिसेजले भविष्यमा पनि खेलाडी उत्पादन, अनुशासित प्रशिक्षण र अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको पहिचान स्थापित गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
