गाल्डेनगेटलाई बास्केटबल उपाधि

Manoj Shiama
12 April, 2026 9:51 am

गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाइनलमा गोल्डेनगेटले आर्मीलाई ९५–७४ ले हरायो ।

यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा पनि आर्मीले तीनपटक गोल्डेनगेटलाई पराजित गरेको थियो । तर फाइनलमा भने गोल्डेनगेटले आर्मी विरुद्ध सुरुवातदेखि नै दबाब बनाउँदै जित निकालेको हो ।

गोल्डेनगेटले पहिलो क्वाटरमा २४–१४ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर पनि गोल्डेनगेटले १७–१२ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४१–२६ को अग्रता बनायो ।

तेस्रो क्वाटर निकै प्रतिस्पर्धात्मक बनेको थियो । आर्मीले अंकदूरी घटाउने प्रयास गरेपनि तेस्रो क्वाटर गोल्डेनगेटले २७–२५ ले आफ्नो पक्षमा पार्दै अन्तिम क्वाटरअघि १७ अंकको अग्रता बनायो ।

गोल्डेनगेटले चौथो क्वाटर २७–२३ ले आफ्नो पक्षमा पार्दै ९५–७४ ले खेल जितेको हो । फाइनल खेलको म्यान अफ दि म्याच गोल्डेनगेटका जाइन खान घोषित भए ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश रख्याल मगर लिगकै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता थियो ।

डबल राउण्ड रोविन प्रणालीमा सञ्चाल भएको लिगमा शीर्ष चार टोलीले प्लेअफ खेलेका थिए ।प्रतियोगिताको विजेता गोल्डेनगेटले ट्रफीसँगै नगद ४ लाख प्राप्त गरेको छ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्यो यसअघि पहिलो संस्करणमा विजेता बनेको टाइम्स बास्केटबल क्लब यसपटक तेस्रो स्थानमा सीमित भयो ।