ए डिभिजन लिग चैतमा सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ’ए’ डिभिजन लिगको उद्घाटन ३० चैतमा गर्ने सहमति भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले शीर्ष डिभिजन लिगका लागि सहमति जुटेको जानकारी दिएका हुन् ।
आइतबार खेलाडी संघले विभिन्न मागहरू राखेर एन्फा मुख्यालयमा ताला लगाएको थियो । सहमतिपछि आजै ताला खोलिएको थियो ।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए ।
यसैगरी, एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रले खेलाडी संघसँग भएको सहमतिअनुसार लिगको उद्घाटन ३० चैतमा हुने र राष्ट्रिय लिगको तालिका संशोधन गरेर लिगका लागि समय मिलाउने योजना रहेको जानकारी दिए ।उनका अनुसार ३० चैतमा उद्घाटन गरेर २० बैशाखदेखि भने नियमित खेल हुनेछन् ।
विसं २०७९ यता ‘ए’ डिभिजन लिग भएपछि नयाँ सिजन सुरु हुन सकेको छैन ।
संघले, सहिद स्मारक ‘ए’ डिभिजनको लिगको मिति तय हुनुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख सहित), सर्वाजनिक हुनुपर्ने, खेलाडिको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता (जुन हालको कार्यसमितिको बैठकबाट पनि पास गरिएको थियो) लगायतको माग राखेको राखेको थियो ।
