अन्भीको अभिनन्दन

Manoj Shiama
19 February, 2026 10:00 pm

वेदाङ्ग इन्टरनेशनल स्कुलको वार्षिक अभिभावक दिवस २०८२ को अवसरमा विद्यालयका अध्यक्ष ध्रुव लुइँटेल र विद्यालयका प्रिन्सिपल भावेश सापकोटाले अन्भी शाहीलाई सम्मान तथा अभिनन्दन गरेका छन् । 

अन्भी शाहीले इन्डो–नेपाल कराते च्याम्पियनसिप र १० औँ राष्ट्रिय कराते च्याम्पियनसिप २०८२मा दुई स्वर्ण पदक जितेर विद्यालयको नाम उच्च राख्न सफल भएकी हुन् ।