इंग्ल्याण्डसँग नेपाल पराजित 

Manoj Shiama
9 February, 2026 6:34 am
England’s Will Jacks celebrates with teammates the wicket of Nepal’s Kushal Bhurtel during the T20 World Cup cricket match between England and Nepal in Mumbai, India, Sunday,Feb. 8, 2026.(AP Photo/Rafiq Maqbool)

आइसिसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भयो ।

इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका उनले छ चौका र एक छक्का प्रहार गर

त्यसै गरी, लोकेश बमले ३९ रन बनाए । २० बलको विस्फोटक पारी खेलेका बमले चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले पनि ३४ बलमा ३९ रन जोडे । सो क्रममा उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

बलिङतर्फ इंग्ल्याण्डका लियाम डसनले दुई विकेट लिए । त्यस्तै, साम करन, विल ज्याक्स, ल्युल बुड र जोफ्रा आर्चरले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । इंग्ल्याण्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए । ३५ बलको सामना गरेका उनले चार चौका र चार छकका प्रहार गरे ।

त्यसै गरी, ह्यारी ब्रुकले ३२ बलमा ५३ रन जोडे । यस क्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे । विल ज्याक्सले १८ बलमा ३९ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

बलिङतर्फ नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र शेर मल्लले समान एक विकेट लिए ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्गल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन् ।