कराँते रेफ्रि रिफ्रेसर कोर्स सम्पन्न

एसकेआइएफ डोजो, इमाडोल, ललितपुर मा आज रेफ्री रिफ्रेसर कोर्स सफलतापूर्वक सम्पन्न भएको छ । सहभागी सेन्सेइहरूको रेफ्री सम्बन्धी ज्ञान, सीप तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अभ्यासलाई अद्यावधिक र सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा अमेरिकाबाट आएका अन्तर्राष्ट्रिय रेफ्री सेन्सेइ शान्ता थोकरले अतिथि प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षण सत्रमा रेफ्री नियमहरू, व्यवहारिक निर्णय प्रक्रिया तथा अन्तर्राष्ट्रिय स्तरका मापदण्डका महत्त्वपूर्ण पक्षहरूबारे विस्तृत छलफल र अभ्यास गराइएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सेन्सेइ दिलेन्द्र वैद्य तथा सेन्सेइ ओम श्रेष्ठ प्रति आयोजक समितिले आभार व्यक्त गरेको छ । साथै, सक्रिय सहभागिता र अनुशासनका साथ प्रशिक्षणमा सहभागी सबै सेन्सेइहरूको योगदानको पनि प्रशंसा गरिएको छ।
आयोजकका अनुसार, यो रिफ्रेसर कोर्सले कराते रेफ्रीहरूको क्षमता अभिवृद्धि तथा पेशेवर विकासतर्फको नयाँ यात्राको सुरुवात गरेको छ। भविष्यमा यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिइने योजना रहेको जनाइएको छ।

