एपिएफ बराबरीमा रोकियो

Manoj Shiama
12 December, 2025 7:15 am

एपीएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपको दोस्रो खेलमा गोलरहित बराबरी खेलेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार सम्पन्न खेलमा एपीएफलाई भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीले बराबरीमा रोकेको छ । योसँगै एपीएफले शीर्ष स्थान गुमाएको छ ।

एपीएफको २ खेलबाट ४ अङ्क पुगेको छ। समान खेल खेलेको भारतको इस्ट बङ्गाल एसीको भने ६ अङ्क छ। ट्रान्सपर्टको ३ खेलबाट २ अङ्क छ।

एपीएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोट्र्स एकेडेमीलाई ४–० ले हराएको थियो । ट्रान्सपर्टले भने पहिलो खेलमा पाकिस्तानको कराँची सिटी एफसीसँग गोलरहित बराबरी खेलको थियो ।

दोस्रो खेलमा इस्ट बङ्गालसँग ४–० ले पराजित भएको थियो । खेलको दोस्रो हाफमा एपिएफले थुप्रै  आक्रमण गरे पनि एपिएफले त्यसलाई बचाएको थियो ।