विराटनगर फाइनलमा प्रवेश

Manoj Shiama
10 December, 2025 2:33 am

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनको अल्नतले हराउँदै सुदूरपश्चिम रोयल्स सिधै फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदै अलआउट भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रनको योगफल तयार गरेको थियो । 

विराटनगरका लागि फाफ डु पेल्सिसले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ हर्मित सिंह, स्कट केगुइलिन र अभिनाश बोहोराले २–२ विकेट लिए । हेमन्त धामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारीले ६३ रन प्रहार गरे ।सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका थिए । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये ६ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।