माघमा पोखरामा यु–१९ फुटबल प्रतियोगिता हुने 

Manoj Shiama
9 December, 2025 7:55 pm

साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता १५ माघ देखि पोखरा रङ्गशालामा आयोजना हुने  छ ।  एन्फाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । सोही प्रतियोगिताका प्लेयर बक्स र चेन्जिङ  रुम पुर्न निर्माण तथा मर्मत गर्नका लागि महानगरसँग समन्वय गर्ने निर्णय गरियो । रङ्गशालाको स्तर उन्नतिका लागि जिल्ला फुटबल सङ्घ कास्कीलाई जिम्मेवारी दिने छ । प्राविधिक सहयोग भने एन्फाले गर्ने छ । 

यसका लागि जिल्ला फुटबल सङ्घ कास्की स्थानीय आयोजक रहने छ । स्थानीय आयोजकले कास्की जिल्ला खेलकुद विकास समिति र गण्डकी प्रदेश खेलकुद विकास परिषद्सँगको समन्वयमा काम गर्ने छन् । बैठकमा कास्की जिल्ला फुटबल सघका महासचिव पद्म गुरुङ र आदर्श युवा क्लबका सचिव सन्तोष गुरुङको पनि उपस्थिती थियो ।