टिम चेसमा ललितपुर महानगरपालिकाको जीत

Manoj Shiama
8 December, 2025 5:54 am

ललितपुर स्पोट्र्स क्लबको आयोजनामा ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ । प्रतियोगिताको बाग्मती प्रदेश सभाषद् रघुनाथ महर्जनले उद्घान गरे ।
आइतवार देखि लतिलपुरमा जारी आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार शीर्ष खेलाडी सम्मिलित २२ टोलिले सहभागिता जनाएका छन् ।
पहिलो खेलमा आयोजक ललितपुर स्पोट्र्स क्लबले काठमाडौं चेस क्लब माथि जीत हात पारेको छ । यस्तै ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हरायो ।
स्पर्धामा साबिक बिजेता थापाथली चेस पार्कले सुदुरपश्चिम बुद्धिचाल संघ लाई दोलखा चेस होमले गोदावरी नगरपालिकलाई, पेभिलोन चेस एकेडेमले ललितपुर जिल्ला बुद्धिचाल संघलाई हराएका छन् ।
यसैगरी मध्यपुर थिमि नगर चेसले हिमालयन चेस एकेडेमीलाई, कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक इन्जिनियरिङ क्याम्पस र महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्शलाई पराजित गरे ।
ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ ।


यस्तै उप विजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन् । पाँचौं देखि सातौं सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन् ।
यसअघि उदघाटन समारोहमा मा. रघुनाथ महर्जनले शुभकामना मन्तव्य गर्दै बाग्मती प्रदेश सरकारले खेलकुद प्रति राखेको चासोको बारे धारणा रखे ।