विरानगर र सुदुर पश्चिम पहिलो क्वालिफायरमा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्सले सानदार जित हासिल गरेको छ । हारसँगै सुदूरपश्चिम रोयल्सलाई लिग चरणको अपराजित यात्रामा ब्रेक लागेको छ ।
दुवै टोलीको लिग चरण अन्तिम तथा सातौँ खेलमा विराटनगरसँग हार बेहोर्दा सुदूरपश्चिमको हालसम्मको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाइदिएको छ । यो जितसँगै विराटनगरले पहिलो क्वालिफार्यसमा मंगलबार सुदूरपश्चिम रोयल्ससँग नै खेल्ने छ ।
त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सले ११.५ ओभरमा ४ विकेट गुमाउँदै १५० रनसहित लक्ष्य पूरा गरेको हो ।
विराटनगरले सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य १३.४ ओभरमा पूरा गरेको खण्डमा पहिलो क्वालिफायर्रको लागि छनोट हुने समीकरण थियो । विराटनगरका लागि ओपनर साम हेज्जलेट र फाफ डु पेल्सिसले अर्धशतकीय पारी खेले । यी दुईले पावरप्लेमा ८७ रन बनाए ।
फाफ डु पेल्सिस ले २० बलमा ५ चौका र ४ चौका प्रहार गरे । पहिलो विकेटका लागि फाफ डु पेल्सिस र साम हेज्जलेटले १ विकेटको लागि ९७ रनको साझेदारी गरे ।
साम हेज्जलेटले २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा क्याच भए । मार्टिन गप्टिल २२ रनमा रनआउट भए । उनले ९ बलमा ३ छक्कासहित २२ रन बनाए । वसिर अहमद ८ रनमा क्याच भए।
सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोराले २ र हर्मित सिंहले १–१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे । उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर विनोद भण्डारीको विकेट गुमायो । उनले १५ रन बनाए ।
इशान पाण्डेले ३८ रन बनाए । उनले ३५ बलमा समान २ चौका र २ छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि आरिफ शेखसँग ७२ रनको साझेदारी गरे ।
विराटनगर किङ्सका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। प्रतिश जिसीले २ र वसिर अहमदले १ विकेट लिए । ७ खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो भने विराटनगर किङ्सले भने यसअघि २ खेलमा हार ब्यहोरेको थियो ।
लिग चरण खेलमा सुदूरपश्चिमको ६ जित र १ हारसँगै अंक १२ रहँदै शीर्ष स्थानमा रहेको छ भने विराटनगर ५ जित र १ हारसँगै १० अंक रहँदै तालिकाको दोस्रो स्थानमा रहेको छ । त्यसैगरी काठमाडौं गोर्खाजको पनि ७ खेलमा ५ जित र २ हारसँगै रनरेटको आधारमा तेस्रो र लुम्बिनी लायन्स ७ खेलमा ४ जित र ३ हारसँगै ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका छन् ।