दोस्रो खेलमा नेपालको हार
Manoj Shiama
3 December, 2025 7:10 am

नेपाली महिला फुटबल टोलीले मंगलबार सम्पन्न खेलमा नेपाल चाइनिज ताइपेइसँग १–० ले पराजित भएको छ । योसँगै नेपाल दुवै खेलमा पराजित हुन पुगेको छ ।
पहिलो खेलमा इन्डोनेसियासँग नेपाल २–१ ले पराजित भएको थियो । गीता राना, सबिता राना र सावित्रा भण्डारीको अनुपस्थितिमा खेलेको नेपाली टोलीको रक्षापक्ति पहिलो हाफमा विपक्षीलाई रोक्न सफल भए पनि दोस्रो हाफमा चुकेको थियो ।