जनकपुरको पहिलो जित

Manoj Shiama
3 December, 2025 6:42 am


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ ।
जारी संस्करणमा जनकपुरले आफ्नो पाँचौं खेलमा चौथो हारपछि पहिलो जित हात पारेको हो भने चितवनको पनि आफ्नो पाँचौं खेलमा दोस्रो जित र तोस्रो हार ब्यहोरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १८० रनसहित लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि माज सदाकतले सर्वाधिक ६३ रन बनाए । उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरे । जनकपुरले पहिलो विकेटको रूपमा आसिफ शेखको विकेट गयो ।
दोस्रो विकेटको लागि माज सदाकत र अनिल शाहले ७९ रनको साझेदारी गरेका थिए । अनिल शाहले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रनमा बाउन्ड्रीमा क्याच भए ।
चितवनका लागि सोहेल तनविर, कमल सिंह ऐरी, अमर सिंह रौतेलले १– १ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले सर्वाधिक ८० रन बनाएका थिए । उनले ५४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
पहिलो विकेट अर्जुन साउदको गयो । उनले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा आउट भए । कुशल मल्ल २८ र अमर सिंह रौतेल १ रनमा अविजित रहे । जनकपुर बोल्ट्सका लागि अनिल कुमार शाह, रुपेश सिंह र निकोल लोफ्टी इटोन र माज सदाकले १–१ विकेट लिए ।चितवन र जनकपुर बोल्ट्स दुवैको यो पाँचौं खेल हो ।

जनकपुरले पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले हार ब्यहोरेको थियो । विराटनगर किङ्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हारेको थियो ।

चितवनले यसअघिको ४ खेलमा २ जित र २ हार बेहोरेको छ । चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगिता सुरु गरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्ससाग ६ विकेटले हारेको थियो ।